Wed. May 6th, 2026

प्रधानमन्त्रीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट   

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मङ्गलबार प्रधानमन्त्री निवास, बालुवाटारमा ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीको भेटवार्ता । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

       

काठमाण्डू, २०८२ वैशाख ३० गते मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताउनुुभयो ।

भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी हुुनुुहुन्थ्यो ।

यसैगरी, नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी हुनुुहुुन्थ्यो । रासस

Facebook Comments