Sat. May 9th, 2026

प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त

       

काठमाण्डू, २०८१ चैत ३० गते शनिबार ।  सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधि सभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो ।

राससका अनुसार  नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान रिक्त हुन आएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् । सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार