चटयाङ लागेर मृत्यु
कञ्चनपुर, २०८१ चैत ३ गते आइतबार । चटयाङ लागेर कृष्णपुर नगरपालिका-७ कलुवापुरका अन्दाजी ३२ वर्षीय पदम रानाको मृत्यु भएको छ । आज हावाहुरीसँगै मेघगर्जनसहित पानी परिरहेका बेला घरको आँगनमा रहेका रानालाई चट्याङ लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीका अनुसार रानाको घटनास्थलमै मृत्यु भएको हो ।
Facebook Comments

