Sun. Jun 14th, 2026

आज फागु पूर्णिमा पर्व होली खेलेर मनाइँदै

       

काठमाण्डू, २०८१ फागुन २९ गते बिहीबार । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज हिमाली, पहाडी जिल्लाहरुमा र भोलि तराईका जिल्लामा  हर्षोल्लासका साथ मनाइँदैछ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । यस पर्वका अवसरमा आज काठमाण्डूको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।

यस पर्वलाई एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

Facebook Comments

सम्बन्धित समाचार