Mon. Apr 29th, 2024

नेपाल-चीन सम्बन्धको विकासमाथि उच्च ध्यान दिएको चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

काठमाडौं, २०७७ असोज ४ गते आईतबार

 चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले नेपाल-चीन सम्बन्धकाे विकासमाथि आफूले उच्च ध्यान दिएको बताउनु भएको छ । नेपालको राष्ट्रिय दिवसको अवसरमा समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै राष्ट्राध्यक्ष सीले सो कुरा बताउनु भएको हो ।

राष्ट्राध्यक्ष सीले नेपाल-चीन सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई अरू विकास गरी दुई देश र दुबै देशका जनतालाई अझ फाइदा पुर्याउने इच्छा लिएको पनि बताउनु भएको छ । गत वर्ष आफु र राष्ट्रपति भण्डारीबीच भएका भ्रमण आदानप्रदानकाे उहाँले स्मरण गर्नुभएको छ । उक्त भ्रमणबाट दुबै देशबीच स्थापित दौत्य सम्बन्ध रणनैतिक सहयोग साझेदारी सम्बन्धमा उकासिएको उहाँले बताउनु भएको छ । राष्ट्रपति सीले यस वर्ष कोरोना भाइरस महामारीविरुद्ध दुबै देशले मिलेर लडेबाट नेपाल र चीनबीचको मित्रता अझ सुदृढ तथा गहिरो भएको देखिएको उल्लेख गर्नुभएको छ ।

यसैगरी चीनका प्रधानमन्त्री ली ख छ्याङले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै नेपालको राष्ट्रिय दिवसको शुभकामना दिनु भएको छ ।

प्रधानमन्त्री लीले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी भएकाे बताउँदै केही वर्षयता दुबै पक्षले विभिन्न क्षेत्रका सहयोगलाई स्थिररूपमा अघि बढाएको उल्लेख गर्नुभएको छ । उहाँले चीनले नेपालसँग महामारीको विरूद्धमा मिलेर संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रका सहयोगलाई बढाएकाे बताउनु भएको छ। चीन र नेपालबीचकाे विकास तथा समृद्धिउन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई अझ गहन पार्ने चीनकाे इच्छा रहेकाे पनि उहाँले बताउनु भयो भनि चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईले समाचार लेखेको छ ।

Facebook Comments