Sat. Mar 15th, 2025 12:13:25

संविधानसभा सदस्य सापकोटाको निधन   

काभ्रेपलाञ्चोक, २०८१ फागुन ८ गते बिहीबार । संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाण्डूको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले राससलाई जानकारी दिनुभयो ।

उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित हुनुहुन्थ्यो । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उहाँ उपचारार्थ उक्त अस्पतालमा भर्ना हुनुभएको थियो । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी हुनुहुन्छ । रासस

Facebook Comments