Sun. Apr 6th, 2025 12:40:49

नेपाली कांग्रेस (वीपी) ले आज जलपान कार्यक्रमको आयोजना गर्ने

रमेश हतुवाली/काठमाण्डू, २०८१ फागुन ७ गते बुधबार । नेपाली कांग्रेस (वीपी) ले आज ७५ औं प्रजातन्त्र दिवसका अवसरमा जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पार्टीको मुल मन्त्र मान्दै अघि बढिरहेको सो पार्टीले प्रजातन्त्र दिवसको ऐतिहासिक अवसरमा देशभक्त, राष्ट्रवादी र प्रजातन्त्रवादीबीच सहमति, सहकार्य र एकताका लागि जलपान कार्यक्रमको आयोजना गर्न लागिएको बताएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सामाखुशी काठमाण्डूमा आज मध्यान्ह १२ः३० बजेदेखि आयोजना गर्न लागिएको जलपान समारोहमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, समाजसेवी, मानवअधिकारवादी, प्राध्यापक, कानून व्यवासायी, व्यापारी, उद्योगपति, सञ्चारकर्मी लगायतको सहभागिता रहने बताईएको छ ।

सो पार्टीले आजै वृहत पत्रकार भेटघाट कार्यक्रममार्फत केन्द्रीय समितिको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने पार्टीका केन्द्रीय सदस्य माया लामिछाने ओझाले जानकारी दिनुभएको छ ।

Facebook Comments