Mon. Mar 17th, 2025 10:13:24

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ४७ हजार ४ सय ९८ पुग्यो

- इजरायलले गरेको भिषण आक्रमण

काठमाण्डू, २०८१ माघ २३ गते बुधबार । गाजापट्टीमा इजारायलले गरेको आक्रमण परी अहिलेसम्म ४७ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ ।

सन् २०२३ को अक्टोबर ७ देखि गाजामा इजारायली सेनाले गरेको स्थल तथा हवाई आक्रमणमा परी अहिलेसम्म ४७ हजार ४ सय ९८ जना प्यालेस्टाइनीको मृत्यु भएको सीसीटिभीले जनाएको छ ।

इजारायली सेनाको आक्रमणमा परी ज्यान गुमाउने अधिकांश महिला र बालबालिकाहरु रहेको गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले आइतवार एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गाजापट्टीमा इजारायलले गरेको आक्रमण परी अहिलेसम्म ४७ हजार ४ सय ९८ जनाको मृत्यु, मृत्युहुनेमा अधिकांश महिला र बालबालीका रहेको सीसीटिभीको भनाई ।।

यसैबीच, इजरायली बमबारीले गाजामा हालसम्म १ लाख ११ हजार ५ सय ९२ जना घाइते भएका छन् भने हजारौं अझै भग्नावशेषमा पुरिएका छन् । महत्वपूर्ण मानवीय क्षतिका अतिरिक्त, इजरायली आक्रमणले गाजाको पूर्वाधारमा व्यापक विनाश गरेको छ ।

Facebook Comments