Thu. May 28th, 2026

प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई   

       

काठमाण्डू, २०८१ माघ ४ गते शुक्रबार । केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र इमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिनेछ ।
रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read