Thu. May 28th, 2026

राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण

       

काठमाण्डू, २०८१ माघ ४ गते शुक्रबार । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाण्डू–तराई-मधेस द्रुतमार्गको निरीक्षण गर्नुभएको छ । त्यस क्रममा उहाँले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।

उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाण्डू -ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read