Wed. May 6th, 2026

ग्रेटर नेपालको नक्सा हटाएकोमा अध्यक्ष नेपालको आपत्ति

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राखेको बृहत्तर नेपालको नक्सा ।

       

रमेश हतुवाली/काठमाण्डू, २०८१ पुस २७ गते शनिबार । संघीय राजधानी काठमाण्डूस्थित सिंहदरबारको पश्चिमद्वारमा रहेको श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको सालिकमा टाँगिएका ग्रेटर नेपालका नक्सा प्रहरीले हटाएकोमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले आपत्ति जनाउनु भएको छ ।

विगतमा जस्तै आज बिहान ९:२५ बजे ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वी नारायण शाहको पूर्णकदको सालिकमा ग्रेटर नेपालका तीनवटा नक्साहरु राखिएका थिए । नक्सा राखिएको ५ मिनेट पनि वित्न नपाउँदै माथिको आदेश भन्दै नेपाल प्रहरीले ती नक्साहरु हटाएको छ ।

विभक्त नेपाललाई एकीकरणगरी आजको अवस्थामा ल्याईपुर्याउने पृथ्वी नारायण शाहको योगदानलाई कदर गर्दै राखिएका ग्रेटर नेपाल (बृहत्तर नेपाल) का नक्सा हटाउनु अप्रजातान्त्रि कार्य भनि अध्यक्ष नेपाल लगायतका महानुभावहरुले विरोध जनाए पनि प्रहरीले माथिको आदेश भन्दै ती नक्साहरु हटाएको हो ।

पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय एकताको सन्देश हरेक मनमा तरङ्गित होओस् र पृथ्वीनारायण शाहकै पालामा नेपालको पूर्वी सिमाना दार्जिलिङ कायम भएको भन्ने ऐतिहासिक कुरा सबैको मन-मस्तिष्कमा पुगोस् भन्ने उद्धेश्यले सालिकमा नक्सा राखिएको अध्यक्ष नेपालले भ्वाईस अफ काठमाण्डूलाई जानकारी दिनुभयो ।

मोर्चाले विगत २० वर्षदेखि निरन्तर प्रत्येक वर्ष पृथ्वी जयन्तीका दिन बृहत्तर नेपालको नक्सा सो स्थानमा राख्दै आएको थियो । अध्यक्ष नेपालका अनुसार प्रहरीले पहिलो पटक सो सालिकबाट नक्सा हटाएको हो ।

Facebook Comments