प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा सहभागी हुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस
काठमाण्डू, २०८१ पुस २७ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी हुनुुभएको छ ।
राससका अनुसार प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।
यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज अपराह्न यहाँ आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनुुभयो । प्रधानमन्त्री ओलीलाई उक्त पार्टीका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।