प्रतिपक्षी तीन दलका अध्यक्षहरूको भेट
काठमाण्डू, २०८१ पुस २६ गते शुक्रबार । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरुको आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को संसदीय कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।
राससका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच मुलुकको समसामयिक राजनीति, विपक्षी दलहरूबीचको एकता, संविधान संशोधन गर्ने प्रतिबद्धतासाथ गठन भएको वर्तमान सरकारका सरकारका गतिविधिलगायत विषयमा छलफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments

