Thu. May 28th, 2026

बाल उद्घोषण तथा क्षमता विकास पुस्तक सार्वजनिक 

       

काठमाण्डू, २०८१ पुस १८ गते बिहीबार । प्रशिक्षक तथा लेखक शङ्करकुमार प्रधानद्वारा लिखित ‘बाल उदघोषण तथा क्षमता विकास’ पुस्तकको आज यहाँ विमोचन गरिएको छ । संस्कार पब्लिकेसनबाट प्रकाशित उक्त पुस्तक वरिष्ठ बाल साहित्यकार डा छायादत्त न्यौपाने, साहित्यकारद्वय महेश पौडेल र देवराज सिम्खडा, लेखककी आमा सन्तकुमारी श्रेष्ठ र छोरी सवानी प्रधानले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा डा न्यौपानेले पुस्तकले बालबालिकालाई बोल्न र कार्यक्रम सञ्चालन गर्न मात्र सक्षम नबनाइ सर्वाङ्गिण विकासमा समेत टेवा पु¥याउने हुँदा निकै पठनीय, मननीय र सङ्ग्रहणीय रहेको धारणा व्यक्त गर्नुभयो । बाल साहित्यकार महेश पौडलले उक्त पुस्तक बालबालिकाको लागि मात्र नभइ अभिभावक, शिक्षक वर्गसहित सबैको लागि उपयोगी रहेको धारणा राख्नुभयो ।

पुस्तकका लेखक प्रधानले मोबाइलको लतमा बालबालिकालाई त्यसबाट हटाउनका लागि अभिभावक आफैँले पुस्तक अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने धारणासमेत व्यक्त गर्नुभयो । बालबालिका भनेका देशका कर्णधार र सुन्दर समाज निर्माणका आधारशीला हुन् भन्ने मर्मलाई आत्मसाथ गर्दै यो पुस्तकले धेरैभन्दा धेरै बालबालिकाको जीवन सुन्दर बनाउने काममा योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राससका अनुसार  पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठले संस्कार पब्लिकेसनलेस्तरीय पुस्तक प्रकाशन गरी समाजलाई गतिशील बनाउने काममा लागेको बताउनुभयो । कक्षा ८ मा अध्ययनरत छात्रा सुहाना श्रेष्ठले पुस्तक समीक्षा गर्दै हामीजस्ता बालबालिकाको क्षमता विकास, बोल्ने कलाको विकास, व्यवहार गर्ने कलाको विकास, अन्य व्यक्ति व्यक्तित्वसँग गर्ने व्यवहारमा ल्याउनुपर्ने मिठाशताको बारेमा यो पुस्तक गतिलो खुराकको रूपमा आएको बताउनुभयो । लेखकका छोरा वर्ष १२ का समीप प्रधानले सञ्चालन गरेको कार्यक्रममा पब्लिकेसनका उपाध्यक्ष शरद श्रेष्ठले नेपाली समाजमा पठन संस्कृतिको महत्वको बारेमा बोल्नुभएको थियो ।

लामो समयदेखि भाषण, उद्घोषण तथा व्यक्तित्व विकास क्षेत्रमा क्रियाशील लेखकका योसमेत तीन वटा कृति प्रकाशनमा आइसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read