Sun. Jan 5th, 2025

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नयाँ वर्ष २०२५ को शुभकामना (पूर्ण पाठ सहित)

अंग्रेजी नयाँ वर्ष सन् २०२५ को शुभकामना दिनुहुँदै चीनका राष्ट्राध्यक्ष सी चिनफिङ

काठमाण्डू, २०८१ पुस १६ गते मंगलबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङलेअंग्रेजी नयाँ वर्ष सन् २०२५ को शुभकामना सन्देश दिनुहुँदै मैत्रीपूर्ण सहकार्यको भावनामार्फत मानवजातिको सुमधुर भविष्य सिर्जना गर्दै अघि बढ्न चीन इच्छुक रहेको बताउनु भएको छ ।

सन् २०२५ नयाँ वर्ष शुरू हुनुभन्दा केही समय अघि राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुप र इन्टरनेटमार्फत नयाँ वर्षको शुभकामना सन्देश प्रकाशित गर्नुभएको हो । शुुभकामना सन्देशमा उहाँले सन् २०२४ माचीन र विश्वमा भएका असामान्य क्षणहरूको सिंहावलोकन गर्दै विश्ववासीमा अझ बढी खुशी, सुख, दीर्घायु, सुस्वास्थ, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अंग्रेजी नयाँ वर्ष सन् २०२५ को शुभकामना, मैत्रीपूर्ण सहकार्यको भावनामार्फत मानव जातिको सुमधुर भविष्य सिर्जना गर्दै अघि बढ्न चीन इच्छुक रहेको भनाइ ।

सन्देशमा राष्ट्राध्यक्ष सी चिनफिङले विश्वमा सयौँ वर्षको परिवर्तन तीव्र गतिले विकसित हुने भएकाले फराकिलो र मायालु भावना बोकेर मतभेद र भिडन्त पार गरी मानवजाति भाग्यको ख्याल विचार गर्नु आवश्यकरहेको बताउनुभयो ।

विभिन्न मुलुकसँगै मिलेर मैत्रीपूर्ण सहकार्यको भावना राखी पारस्परिक सभ्यता र आदान प्रदानलाई अघि बढाउने साथै मानव जाति भाग्य एकरूपताको स्थापना कार्यमा भागलिने व्यक्ति बनेर संयुक्त रूपमा सुमधुर भविष्यको सिर्जना गर्दै जान चीन इच्छुक रहेको राष्ट्राध्यक्ष सी चिनफिङको भनाइ छ । सिजीटिएन

समय छिट्टै बितिसकेको छ। नयाँ वर्ष नजिकिँदै छ। म पैचिङबाट सबैप्रति मंगलमय शुभकामना प्रकट गर्न चाहन्छु।

सन् २०२४ मा हामी सँगै मिलेर वसन्त, ग्रीष्म, शरद र हिउँद ऋतु पार गरेका छौँ। हामीले सँगै मिलेर सुख र दुस्खको अनुभव गरेका छौँ। हरेक क्षण यस असामान्य वर्षमा रोकिएको छ। हामी प्रभावित हुनुका साथै यिनीहरुलाई बिर्सन सक्दैनौँ।

हामीले स्वदेश र विदेशको वातावरणबाट ल्याइएको असरको सकारात्मक रुपमा सामना गरेका छौँ। हामीले अनेकन प्रभावकारी नीतिको तर्जुमा गर्दै उच्च गुणस्तरीय विकासलाई अघि बढाएका छौँ। चीनको आर्थिक पुनस् उत्थान भएको छ, राष्ट्रिय कूल गार्हस्थ उत्पादन मात्रा जीडीपी १ हजार ३०० खर्ब चिनियाँ युआनभन्दा बढी हुने अनुमान छ। चीनको अन्नबालीको कूल मात्रा ७ हजार खर्ब केजीभन्दा बढी पुगेको छ। चिनियाँ कचौरामा अरु बढी चिनियाँ खाद्यान्न राखिएको छ। क्षेत्रीय विकास संयुक्त रुपमा अघि बढ्दै आएको छ। नयाँ ढाँचाको शहरीकरण र ग्रामीण क्षेत्रको पुनस् उत्थान सँगसँगै बढ्दै आएको छ। हरित तथा कम कार्बन विकास अघि बढ्दै आएको छ र सुन्दर चीनको चित्र बिस्तारै कोरिँदै आएको छ।

हामीले विभिन्न ठाउँको विशेषता बमोजिम सुहाउँदो नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गरेका छौँ। नयाँ उद्योग र नयाँ ढाँचा क्रमशस्देखा परेका छन्। नयाँ उर्जायुक्त मोटर गाडीको उत्पादन मात्रा पहिलो पटक एक करोड भन्दा बढी पुगेको छ। एकीकृत परिपथ,एआई र क्वान्टम संचार लगायत क्षेत्रमा नयाँ उपलव्धिहरु प्राप्त भएको छ। छाङ अ ६ नम्बरको डिटेक्टरले पहिलो पटक चन्द्रमाको पछाडि नमूनाको संकलन गरेको छ,सपना हाउ नामक ड्रिलि जहाजले गहिरो समुद्रको सर्भेक्षण गरेको छ,शन चन-चोङ शान लिंकले समुद्र पार गरेको छ र दक्षिण ध्रुवको छिन लिङ स्टेशनले बरफ भूमिमा ठूलो भूमिका निर्वाह गरेको छ,जसले चिनियाँहरुमा आकाश र समुद्रको सर्भेक्षण गर्ने उत्साह देखाएको छ।

चालू वर्ष मैले चीनका विभिन्न ठाउँको निरीक्षण गरी सबैको जीवन रंगीचंगी रहेको देखेको छु। थ्यान श्वैको ह्वा न्यु स्याउ ठूलो तथा रातो छ। तोङ शानको आउ च्याउ गाउँमा माछा पालनको व्यवसाय पनि राम्रो छ। माई चि शान पहाडको ढुंगे गुफामा रहेको पूर्वी मुस्कानको हजारौँ वर्षको इतिहास छ। लिउ छ गल्लीको शिष्टाचारबाट परिवारको चलन पुस्तौँ पुस्तासम्म निरन्तर भएको छ। थ्यान चिनको प्राचीन संस्कृति सड्कमा भिड रहेको छ,यीन छ्वानको बहुजातीय समुदायका बासिन्दाहरु बीचको सम्बन्ध एउटै परिवारका सदस्यजस्तै देखिन्छ। सबैको ध्यानमा रहेका रोजगारी,आय बृद्धि, बृद्धा तथा बाल-बालिकाको हेरचाह,शिक्षा तथा चिकित्सा लागयत विषयहरुलाई मैले पनि ध्यान दिँदै आएको छु। विगत एक वर्षदेखि बृद्ध भत्ता बढेको छ , घर जगाको व्याज घटेको छ,भुक्तानीको परिधि विस्तार भएको हुनाले विभिन्न ठाउँमा उपचारका लागि सजिलो बनेको छ,पुरानो उपभोग्य वस्तुबाट नयाँमा साट्ने तरिकामार्फत जीवनको स्तर पनि उकासिएको छ। सबैले धेरै उपलव्धिहरु प्राप्त गरेका छन्।

पेरिस ओलम्पिक खेलकुदमा चिनियाँ खेलाडीहरुले प्रयास गरी विदेशमा ओलम्पिक खेलकुदमा भाग लिएदेखि सबैभन्दा उत्कृष्ट उपलव्धि हासिल गरेका छन्। जसले युवा पुस्ताको कोसिस तथा आत्मविश्वास प्रदर्शन गरेको छ। बाढी तथा आँधी बेहरी लगायत दैवी प्रकोपको सामना गर्दै सीपीसीका व्यापक सदस्यहरुले पहिलो समयमा तिनीहरुसँग लडाई गरेका छन्। सबैले एकीकृत भएर एक अर्कालाई सहायता पुर्‍याएका छन्। व्यापक श्रमिक, निर्माणकर्ता तथा स्वरोजगारहरुले आफ्नो सपनाका लागि प्रयास गरिरहेका छन्। मैले राष्ट्रिय गौरब तक्मा तथा राष्ट्रिय सम्मान उपाधिका विजेताहरुलाई पुरस्कार वितरण गरेको छु। यो इज्जत उहाँहरुसँग छ, आफ्नो जिम्मेवारी राम्रोसँग लिने हरेकसँग यो इज्जत छ।

वर्तमान विश्व उतार चढावमा रहेको छ। जिम्मेवार ठूलो मुलुकको रुपमा चीनले विश्वको संचालन तथा सुधारलाई सक्रियताका साथ अघि बढाउँदै ग्लोबल साउथ बीचको एकता तथा सहकार्यलाई गहन पार्दै आएको छ। हामीले बेल्ट एण्ड रोडको संयुक्त रुपमा उच्च गुणस्तरीय निर्माणलाई अघि बढाउँदै चीन(अफ्रिका सहयोगात्मक मञ्च पैचिङ शिखर सम्मेलनको आयोजना गरेका छौँ। हामीले शाङहाई सहयोग संगठन, ब्रिक्स,एसिया प्रशान्त आर्थिक सहयोग संगठन तथा जी २० लगायत द्वीपक्षीय अथवा बहुपक्षीय वातावरणमा चिनियाँ अडान स्पष्टसँग प्रस्तुत गर्दै विश्व शान्ति तथा स्थिरताका लागि अरु बढी प्रेरक शक्ति थपेका छौँ।

हामीले भव्यता साथ नयाँ चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउँदै गणतन्त्र चीनको बदलिँदो परिवर्तनको सिंहावलोकन गरेका छौँ। चिनियाँ सभ्यताको ५ हजारभन्दा लामो इतिहास रहँदै आएको सिलसिलामा चीन भन्ने अक्षर प्रत्येक चिनियाँ जनताको मनमा कुँदिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सफलताका साथ आयोजना गरिएकाले सम्पूर्ण रूपमा सुधारलाई गहन पारिएको छ। हामी सुधार र खुलापनको युगको मूल प्रवाहमा अगाडि लम्कँदैछौँ। चिनियाँ शैलीको आधुनिकीकरणले सुधार र खुलापन प्रकियामा अझ फराकिलो भविष्यको सिर्जना गर्दै जानेछ।

सन् २०२५ मा हामी सम्पूर्ण रूपमा १४औँ पञ्च वर्षीय योजनालाई पूरा गर्नुका साथै अझ सकारात्मक र प्रभावकारी नीति अपनाउँदै अगाडि बढ्नेछौँ। हामीले निष्ठापूर्वक उच्च गुणस्तरीय विकासलाई अघि बढाउनुका साथै उच्चस्तरीय विज्ञान प्रविधिको आत्म निर्भरता र स्वतन्त्रतालाई सबल पारी आर्थिक र सामाजिक विकासको राम्रो प्रवृत्तिलाई कायम राख्दै जानेछौँ। वर्तमान आर्थिक प्रचलनमा केही नयाँ अवस्था देखा परेका छन्। तीमध्ये बाह्य जगतबाट आउने अनिश्चित चुनौती र नयाँ तथा पुरानो उत्पादित शक्ति फेरिने प्रकियामा आउने दबाव पनि समावेश छन्। तैपनि हामीले प्रयासमार्फत ती कठिनाईलाई मेटाउन सक्नेछौँ। हामी जहिल्यै आँधी र पानीको परीक्षणबाट हुर्कँदै आएका हौँ। त्यसैगरी सबैजना आशावादी हुनुपर्छ।

परिवारको विषय, देशको विषय र संसारभरिका विषयहरू भए तापनि जनतालाई सुखमय जीवन बिताउनसक्ने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण विषय रहेको छ। केटाकेटीले अझ राम्रो शिक्षा पाउनसक्ने, वृद्धवृद्धाहरूले उत्कृष्ट प्रत्याभूति सेवा पाउनसक्ने र युवायुवतीले अझ बढी रोजगारीका अवसर पाउनसक्ने भन्ने प्रत्येक परिवारको हृदयको अभिलाषा रहेको छ। ती सबै अभिलाषाबाट सुमधुर जीवनप्रति मानिसहरूको कामना र प्रतिक्षा प्रतिबिम्बित गरिन्छ। हामीले सँगसँगै प्रयास गर्दै समाजको निर्माण र सञ्चालन गर्ने स्तरलाई उकासेर मिल्दोजुल्दो र सहिष्णु वातावरणको सिर्जना गर्दै जानेछौँ। हामीले निरन्तर रूपमा सर्वसाधारणका साना र ठूला समस्याहरूको राम्रोसँग समाधान गरी उनीहरुको मुहारमा अझ बढी मुस्कान र मनलाई अझ न्यानो पार्दै जानेछौँ।

मकाउ मातृभूमिमा समाहित भएको २५औँ वार्षिकोत्सवको उपलक्ष्यमा म पुनः एकपल्ट हाउ नदीको छेउ पुगेको छु। त्यहाँको नयाँ विकास र नयाँ परिवर्तन देख्दा मलाई साह्रै खुसी लागेको छ। हामीले दृढताका साथ एक देश दुई व्यवस्था कार्यनीतिलाई व्यवहारमा उतार्नुका साथै हङकङ र मकाउको दीर्घकालीन समृद्धि र स्थिरतालाई कायम राख्दै जानेछौँ। दुई किनाराका देशबन्धुहरू एउटै परिवारका नातेदार हुन्। कसैले पनि हामी बीचको रगतको सम्पर्क र गहिरो भावनालाई विच्छेद गर्नसक्दैन। कसैले पनि मातृभूमिको एकीकृत ऐतिहासिक महाकार्यको विकास प्रवृत्तिलाई छेक्न सक्दैन।

विश्वमा सयौँ वर्षको परिवर्तन तीव्र गतिले विकसित हुने भएकाले फराकिलो र मायालु भावना बोकेर मतभेद र भिडन्त पार गरी मानव जाति भाग्यको ख्याल विचार गर्नु ज्यादै आवश्यक कुरा हो। विभिन्न मुलुकसँगै मिलेर मैत्रीपूर्ण सहकार्य चलाउने व्यक्ति बनी, पारस्परिक सभ्यता आदानप्रदानलाई अघि बढाउने व्यक्ति बनी, मानव जाति भाग्य एकरूपताको स्थापना कार्यमा भाग लिने व्यक्ति बनेर संयुक्त रूपमा सुमधुर भविष्यको सिर्जना गर्दै जान चीन इच्छुक छ।

सपना अलि टाढा भए तापनि प्रयासमार्फत त्यसलाई साकार तुल्याउनसक्छ। लक्ष्य अलि अप्ठ्यारो भएपनि कायम राखेर त्यसलाई पूरा पार्नसक्छ। चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ यात्रामा हरेक मानिस मुख्य पात्र रहेको छ, प्रत्येक प्रयास एकदमै मूल्यवान रहेको छ र प्रत्येक किरण ज्यादै चम्किँदै जानेछ।

मातृभूमिको प्राकृतिक दृश्य झन् झन् रमणीय देखिएको छ। ताराको किरणले हजारौँ परिवार ढाकिएका छन्। हामीले पर्याप्त आशा बोकेर नयाँ वर्षको स्वागत गरौँ। मातृभूमिले अझ बढी राम्रो उपलब्धि, समृद्धि र सुख प्राप्त गरोस्। सबैको कामना सत्य बनोस्, अझ बढी खुशी र सुख रहोस्, दीर्घ शान्ति कायम होस्।

https://nepal.cri.cn/2024/12/31/ARTI1735648997450823

Facebook Comments