श्रीलङ्कामा ५० ओटा जङ्गली हात्तीको मृत्यु
कोलम्बो, २०८१ पुस ९ गते मंगलबार । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० ओटा जङ्गल हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार जनाएको छ ।
सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ ।
सिन्ह्वाका अनुसार सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ ।
सन् २०२३ मा श्रीलङ्कामा ९० जङ्गली हात्तीको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।
Facebook Comments