Sun. Dec 22nd, 2024

आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु   

मापुटो, २०८१ पुस ६ गते शनिबार । फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर म्यानेजमेन्ट’ले शनिबार जनाएको छ ।

हिन्द महासागरको मायोटे टापुलाई चिरेर आइतबार मोजाम्बिकमा आएको चिडो आँधीका कारण सयौँको मृत्यु भएको आशङ्का गरिएको छ ।

एएफपीका अनुसार  मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा आएको आँधीका कारण करिब ६२ हजार घरमा क्षति भएको अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आश्रय, खाद्य र हाइजिन किट, डिग्निटी किट, साबुन र लामखुट्टेको जालीजस्ता गैरखाद्य वस्तु प्रभावित जनसङ्ख्याका लागि अति आवश्यक वस्तुका रूपमा पहिचान गरिएको छ ।

Facebook Comments