Sun. Dec 22nd, 2024

लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो   

गण्डकी,२०८१ पुस १ गते सोमबार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

राससका अनुसार  जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माले जानकारी दिनुुभयो ।

सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाण्डूबाट प्रक्राउ गरी उहाँलाई पोखरा ल्याइएका थियो ।

Facebook Comments