Thu. Oct 17th, 2024

६९ औं प्रहरी दिवस भव्य रुपमा मनाइयो

काठमाण्डू, २०८१ कार्तिक १ गते बिहीबार । नेपाल प्रहरीले विशेष समारोहबीच ६९ औं प्रहरी दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार साँझ आयोजित सो भव्य समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका कर्मचारीहरु, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

KP-Oli_-1729156299.jpg
केपी शर्मा ओली, प्रधानमन्त्री 

राससका अनुसार  समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । प्रहरीमा देशभक्ति र शान्तिको भावना अझ व्यापक हुनुपर्ने बताउँनुहुँदै प्रधानमन्त्री ओलीले आधुनिक समय अनुसारका प्रविधि र साधन स्रोत उपलब्ध गराई प्रहरी संगठनलाई अझ बलियो र विकसित बनाउन सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।
Ramesh-Lekhak-1729156367.jpg
रमेश लेखक, गृहमन्त्री  
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठनलाई सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडि बढाइएको बताउनुभयो । गृहमन्त्री लेखकले अब आउने नयाँ ऐनले नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास, सङ्गठनको जिम्मेवारी र कर्तव्यका नयाँ आयामहरू पहिचान हुने विश्वास व्यक्त गर्नुभयो ।

Nepal-Police_-1729156450.jpg
नेपाल प्रहरी एउटा जीवन्त सङ्गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताउनुभयो । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

Basanta-Bahadur-Kuwor-1729156508.jpg
बसन्तबहादुर कुँवर, प्रहरी महानिरीक्षक 

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपालको संविधान, प्रहरी ऐन, प्रहरी नियमावली, कानुनी निर्देशिका र कार्य निर्देशनद्वारा प्राप्त अधिकार बमोजिम समाजमा अपराध रोकथाम, नियन्त्रण, अनुसन्धान, शान्ति, सुरक्षा र सुव्यवस्था कायम, सवारी आवागमन, विपत् व्यवस्थापन, मानवअधिकारको संरक्षण लगायतका अभिभाराहरु नेपाल प्रहरीले निर्वाह गर्दै आएको जानकारी दिनुभयो ।

Mahila-Police_-1729156572.jpg
महानिरीक्षक कुँबरले २०१२ सालमा ७ हजार ७ सय १५ जना जनशक्तिबाट शुरू भएको प्रहरी संगठन अहिले ७९ हजार ५ सय २१ जनाको विशाल संगठनमा विकसित भएको जानकारी समेत दिनुभयो । साथै उहाँले सीमित स्रोत र साधनबाट परिचालित प्रहरी संगठनलाई अझ सक्षम, व्यवस्थित र सुदृढ गर्न सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Trafic-1729156599.jpg
सो समारोहमा ऐतिहासिक प्रहरी मार्चपास, नेपाल प्रहरी विशेष कार्यदल, विपत् व्यवस्थापन, केनाइन र प्रहरी अस्पतालमा कार्यरत प्रहरीहरुले संयुक्त रुपमा प्रहरी युत्तिकला प्रदर्शन, प्रहरी दर्पण लोकापर्ण समेत गरिएको थियो ।

Police-Dog-2-1729156634.jpg
साथै समारोहमा विभिन्न प्रहरी तथा प्रहरी संगठनहरु, अमर प्रहरीका परिवारजन र अवकाश प्राप्त प्रहरीहरुलाई सम्मान र पुरस्कार समेत वितरण गरिएको थियो ।
Police-Dog-4-1729156783.jpg
Police-Dog-1-1729156810.jpg
Police-Dog-3-1729156837.jpg
RS-KTM-IMG_20241016_171139-1729156890.jpg
RS-KTM-IMG_20241016_172409-1729156927.jpg
Koshi-Culture-1729156960.jpg
Madesh_Culturee-1729156990.jpg
Gandaki-Culture-1729157030.jpg
Lumbini_Culture_-1729157062.jpg
Karnali_raute-Culture-1729157083.jpg
Sudur-Pashim_-1729157113.jpg
Upatyeka-1729157311.jpg

Facebook Comments