Thu. Oct 17th, 2024

नेप्से २७ सय बिन्दुमाथि

काठमाण्डू, २०८१ असोज ३० गते बुधबार । दशैँपछिको दोस्रो कारोबार दिन आज पनि शेयर बजार उच्च अंकले वृद्धि भएको छ । हिजो ३१ अंकले बढेको बजार आज पनि ४३ अंकले वृद्धि भएको हो ।

शेयर बजार मापक नेप्से सूचक आज ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि वृद्धि भएको छ । हिजो ३ अर्ब ६ करोडको शेयर किनबेच भएकोमा आज ५ अर्ब ६६ करोड २ लाख २७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ, जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.१३ प्रतिशतले वृद्धि भएको छ ।

आज विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतले बढेको छ भने इष्टर्न पावरको ९.२४ प्रतिशत र समता घरेलु लघुवित्तको ८.६२ प्रतिशतले बढेको छ । स्यांगे हाइड्रोपावरको शेयरमूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मिड सोलु हाइड्रोपावरको ५.५४ प्रतिशत र मिथिला लघुवित्तको ४.५५ प्रतिशतलले घटेको छ । आज नेपाल फाइनान्सको सबैभन्दा धेरै १५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४ लाख र एनआइसी एशिया बैंकको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Facebook Comments