Wed. Oct 16th, 2024

शेयर बजार ३१ अंकले वृद्धि

काठमाण्डू, २०८१ असोज २९ गते मंगलबार । दशैँपछिको पहिलो कारोबार दिन आज शेयर बजार उल्लेख्य मात्रामा वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३१.४८ अंकले वृद्धि भएर २६९९.६६ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि भोल्यूम भने घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ७६ करोडको शेयर कारोबार भएकोमा आज ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, मल्टीपर्पस फाइनान्सको शेयरमूल्य करिब साढे ९ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब ७ प्रतिशतले वृद्धि भएको छ । मिड सोलु हाइड्रोपावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १८ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, नेपाल फाइनान्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब ११ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ ।

Facebook Comments