Wed. Oct 16th, 2024

श्रीलङ्कामा क्यान्सरका कारण १९ हजार जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय   

कोलम्बो, २०८१ असोज २७ गते आइतबार । गत वर्ष श्रीलङ्कामा ३३ हजार भन्दा बढी नयाँ क्यान्सर रोगीहरू पत्ता लागेका श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
सिन्ह्वाका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव पालिथा महिपालाले गत वर्ष पनि क्यान्सरका कारण श्रीलङ्कामा १९ हजार जनाको मृत्यु भएको बताउनुभयो । यहाँ पुरुषहरूमा मुखको क्यान्सर र महिलाहरूमा स्तन क्यान्सर सामान्य रहेका छन् ।
महिपालका अनुसार श्रीलङ्कामा क्यान्सरका कारण हुने मृत्युको प्रमुख कारण स्तन, मुख, फोक्सो र कोलोरेक्टल क्यान्सर हो ।

Facebook Comments