Mon. Sep 23rd, 2024

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डको बधाई

काठमाण्डू, २०८१ असोज ७ गते सोमबार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्काका नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ ।

राससका अनुसार  अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “भ्रष्टाचार, आर्थिक सङ्कट र भूराजनीतिक तनावको सही समाधानका रूपमा माक्र्सवादी नेता चयन गर्ने श्रीलङ्काली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु ।”

Facebook Comments