Sat. Nov 23rd, 2024

श्रीलङ्का : राष्ट्रपति निर्वाचनमा दोस्रो चरणको मतगणना सुरू  

कोलम्बो, २०८१ असोज ६ गते आइतबार । श्रीलङ्काको निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नायकेले आइतबार श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतगणनामा प्रवेश गरेको बताउनुभएको छ ।

रत्नायकेले निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको र निर्वाचन ऐन २०४८ अनुसार दोस्रो गणना आवश्यक रहेको बताउनुभएको हो ।

नेशनल पिपुल्स पावर (एनपीपी) का अनुरा कुमारा दिसानायका र समागी जन बलवेगा (एसजेबी) का सजिथ प्रेमदासाले दोस्रो चरणको मतगणनाका लागि योग्य भएका छन् ।

सिन्ह्वाका अनुसार वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाट बाहिरिनुभएको छ ।

सबै मतगणना केन्द्रलाई दोस्रो र तेस्रो वरीयताको गणनामा गएर नतिजा आयोगमा पठाउन भनिएको उहाँले जानकारी दिनुभयो ।

श्रीलङ्काको चुनावी इतिहासमा दोस्रो चरणको मतगणना गर्नुपर्ने यो पहिलो राष्ट्रपतीय निर्वाचन भएकोस्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Facebook Comments