Sat. Sep 21st, 2024

आईफोन-१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने   

वाशिङ्गटन, २०८१ असोज ४ गते शुक्रबार । एप्पलले आईफोन-१६ को लागी एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ ।
यो सुविधा, पहिले नै ‘एप्पल वाच’ र ‘एप्पल टीभी’को लागि उपलब्ध थियो । साथै, यसले आईओएस यन्त्र प्रयोग गरेर रिकभरी प्रक्रियालाई सरल बनाउँछ । आईओएस एप्पलद्वारा विशेष रूपमा स्मार्टफोनहरूको लागि विकसित गरिएको मोबाइल अपरेटिङ सिस्टम हो । यो जनवरी सन् २००७ मा पहिलो पुस्ताको आईफोनको लागि अनावरण गरिएको थियो ।

‘नाइनटुजीरो’ माइकको खोजअनुसार, वायरलेस रिकभरी प्रक्रियाले आईफोन -१६ मोडेलहरूमा आईओएस प्रणाली गैर-कार्यात्मक हुँदा पनि पुनर्स्थापना सुरु गर्न सम्भव बनाउँछ । नाइनटुजीरो आईफोन, आईप्याडको लागि अग्रणी समाचार वेबसाइट हो । क्यूएनए

Facebook Comments