Mon. Oct 28th, 2024

शनिबारका मनै छुने तस्विरहरु

साठिऔँ राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार वीरगञ्जको घण्टाघर चोकमा पदयात्राका सहभागी । तस्बिरः हिमाल लम्साल/रासस

साठिऔँ राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार वीरगञ्जको घण्टाघर चोकमा पदयात्राका सहभागी । तस्बिरः हिमाल लम्साल/रासस

ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर- ११ स्थित रत्न राजमार्गसँग रहेको पिपिराचोक र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस

महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित नगरपालिका चोकमा विश्वकर्मा भगवानको पूजाका लागि मूर्ति बनाउन  मूर्तिकारलाई भ्याइनभ्याई । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस  

 

काठमाण्डूको दक्षिणकाली नगरपालिका–३ स्थित फर्पिङमा रहेको फर्पिङ लघु जलविद्युत् आयोजनाको ‘रिजर्भ’ पानी जम्मा गर्ने ड्याम । यो नेपालको पहिलो जलविद्युत् आयोजना हो । यस ड्यामको अवलोकन गर्ने पर्यटक आउने गर्छन् । तस्बिरः हरिराम भेटुवाल/रासस

 

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह जाने सुरुङ । सिनो हाइड्रोले विद्युत गृहभित्र कङ्क्रिटको काम पूरा गरेको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस

 

शुक्लाफाँटा नगरपालिका–३ का महिलाहरु सडकमा बग्दै गरेको वर्षाको पानीमा जाल थालपेर माछा मार्दै । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस

 

मुस्ताङको लोघेकर दामोदरकुण्ड–१ मा पर्ने चराङ गाउँ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्रसमेत रहेको चराङमा ऐतिहासिक दरबार, गुम्बालगायत पर्यटकीय आकर्षण रहेको छ । तस्बिरः सन्तोष गौतम/रासस

 

पाल्पाको रामपुरमा घुमन्ते व्यापार गर्दै आउनुभएका जुम्लाको कनका सुन्दरी गाउँपालिका–८ सिंजा बस्ने शिव काफ्ले अर्थात् ‘काफ्ले बा’ । जुम्लामा उत्पादन भएका राडीपाखी, गलँैचा, स्वीटर बोकेर रामपुर आसपासका गाउँ बस्तीमा व्यापार गदै आउनुभएको छ । उहाँ यो व्यवसायमा २५ वर्षदेखि निरन्तर लाग्नुभएको छ भने रामपुरमा विगत १४ वर्षदेखि व्यापार गरिरहनुभएको छ । तस्बिरः सुशीला रेग्मी/रासस

 

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइनको नुवाकोटको सूर्यगढी गाँउपालिका–१ र २ स्थित प्रसारण प्रणाली । जिल्लाको समुन्द्रटारदेखि ‘त्रिशूली थ्रि बी हब’ सम्मको २६ किमि दूरीको प्रसारण लाइन निर्माणले तादी नदीमा उत्पादन हुने २७० मेगावाट क्षमतासम्मको विद्युत प्रवाहलाई सहज भएको छ । तस्बिर ः रामहरि न्यौपाने/रासस

 

नेपालगञ्ज उपमहानगपालिका– २१ र २२ को पुरैना र पुरैनीमा सिँचाइ प्रयोजनका लागि निमार्ण गरिएको मानव निर्मित कान्ति तालको सरसफाइका लागि सञ्चालनमा ल्याइएको स्टिलको डुङ्गा । तस्बिरः रुपनी जि एम/रासस

 

कैलालीको चुरे र डोटीको सीमा भएर बग्ने ठुली गाडमा निर्माण गरिएको झोलुङ्गे पुल । ठुली गाडमा पुल निर्माण गरिएपछि स्थानीयलाई आउजाउमा सहज भएको छ । तस्बिर ः मीन ठकुरी/रासस
Facebook Comments