Sun. Oct 27th, 2024

मोरङको नेताचोकमा माओवादी केन्द्रले कार्यक्रम गर्दै प्रचण्डले सम्बोधन गर्ने

महेश भट्टराई/विराटनगर,२०८१ भदौ २८ गते शुक्रबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मोरङ क्षेत्र नं. ४ स्थित नेताचोकमा हुने आमसभालाई सम्बोधन गर्नुहुने भएको छ ।
सत्ताबाट बाहिरिएपछि देश दौडाहामा निस्कीनुभएका दाहालले पहिलो पटक मोरङमा कार्यक्रमलाई सम्बोधन गर्न लाग्नुभएको हो । मोरङको ग्रामीण क्षेत्रमा हुन लागेको यो कार्यक्रममा पूर्वका हजारौं जनसमुदायको उपस्थिति हुने माओवादी केन्द्रले अनुमान गरेको छ ।

Facebook Comments