Sat. Oct 26th, 2024

दक्षिण भारतमा भएको सडक दुर्घटनामा सात जनाको मृत्यु   

 नयाँदिल्ली, २०८१ भदौ २६ गते बुधबार । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा बुधबार एउटा मिनी ट्रक पल्टिएर नहरमा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

मृतक सबै मजदुर थिए । उनीहरू मिनी ट्रकमा काजुको बोरामा बसेका थिए । गहिरो खाल्डोबाट बच्न तीव्र गतिमा मोड लिँदा चालकले नियन्त्रण गुमाउँदा गाडी पल्टिएर नहरमा खसेको थियो ।

गाडी पल्टिएपछि मजदुरहरूलाई पनि नहरमा खसेका र काजुको बोराको तौलले थिचेको थियो । श्वासप्रश्वासमा समस्या भई उनीहरूको मृत्यु भएको हो ।

सडक दुर्घटना राज्यको पूर्वी गोदावरी जिल्लाको चिन्नयागुडेम गाउँमा भएको प्रहरीले जनाएको छ । सिन्ह्वा

Facebook Comments