Sun. Oct 27th, 2024

वास्तविक तिब्बत र तिब्बतको विकासको अनुभव गर्न चीन सरकारको आग्रह

काठमाण्डू, २०८१ भदौ २० गते बिहीबार । एउटा चिनियाँ उखान छ: अर टिङ वै स्यु, यान च्यान वै श। यसको अर्थ सुनेका कुरा झूटो हुन सक्छ त्यसमा विश्वास गर्नु हुँदैन तर आफ्नै आँखाले देखेको कुरा सत्य तथा विश्वासिलो हुन्छ। त्यो मात्र साँचो र भरपर्दो हो।

हालै, द न्युयोर्क टाइम्स र ह्युमन राइट्स वाच जस्ता पश्चिमा मिडिया र संगठनहरूले तिब्बतको बारेमा झूटो सूचना प्रकाशित गरेर तिब्बतमा तथाकथित मानव अधिकार विषयलाई उक्साएका छन्। उनीहरूका जानकारीअनुसार, चीनको आर्थिक विकास कदमले तिब्बती जनताको जीवन शैली, पर्यावरण र सँस्कृतिलाई ध्वस्त पारेको छ। यस झूटो सूचनाको सहयोगमा केही विदेशी राजनीतिज्ञहरूले चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेका छन्। तर तिब्बतको भ्रमण गरेका धेरै विदेशी विद्वान् र मिडियाकर्मीले चीनको केन्द्रीय सरकारले तिब्बतको राजनीतिक र आर्थिक विकासमा धेरै सहयोग कदम चालेर स्थानीय राजनीतिक, आर्थिक र सामाजिक विकासलाई बढाएको बताएका छन्। यो केही पश्चिमा मिडियाको जानकारीभन्दा बिल्कुलै फरक छ।

यस सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले यसरी जवाफ दिनुभएको छ- यस वर्ष पूरै चीनले तिब्बतलाई सहायता दिएको ३० औँ वर्ष हो। तिब्बत स्वायत्त प्रदेशले यसमा उपलब्धिको प्रदर्शन गरेको छ। हामी अझ बढी विदेशीलाई तिब्बत भ्रमण गर्न र वास्तविक तिब्बत र तिब्बतको विकासको अनुभव गर्न स्वागत गर्दछौँ।

केही वर्षयता, तिब्बतले एक्सपो, व्यापार मेला र सांस्कृतिक मञ्चहरू मार्फत आर्थिक, सांस्कृतिक र वातावरणीय संरक्षण आदि क्षेत्रमा उपलब्धिको प्रदर्शन गरेको छ।

सन् २०२३ मा पाँचौँ चिनियाँ तिब्बत पर्यटन तथा संस्कृति अन्तर्राष्ट्रिय एकस्पो, तेस्रो “रिम हिमालयज” अन्तर्राष्ट्रिय सहयोग मञ्च, चिनियाँ राष्ट्रको समुदायको भावनालाई सुदृढ पार्ने पहिलो तिब्बत मञ्च र पहिलो नांगापावा मञ्चको  सफलताका साथ आयोजना गर्यो। त्यसमा कुल ८० भन्दा बढी देशका करिब ४५० विदेशी अतिथिहरूको सहभागी भएका थिए।

सन् २०२३ को मेमा नेपाल, म्यानमार, फिलिपिन्स, मोजाम्बिक, फिजी, भेनेजुएला, इन्डोनेसिया, बङ्गलादेश, प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) लगायत देशका राजदूत, मन्त्री र विज्ञ तथा विद्वान्हरूको टोलीले तिब्बती निङ्ची शहरको भ्रमण गरेको थियो। उहाँहरूले पठारभूमिको रीतिरिवाज, संस्कृति, पर्यावरण र किसान तथा पशुपालकको उत्पादन र जीवनबारे जानकारी लिनुभएको थियो।

चाईना मिडिया ग्रुपका अनुसार सन् २०२४ को ल्हासा आयात वस्तु प्रदर्शनी अगष्ट ४ मा तिब्बत कन्भेन्सन एण्ड एक्जिबिसन सेन्टरमा सुरु भएको थियो, जसमा ३१ देश र क्षेत्रका २४६ उद्यम र ६०० भन्दा बढी विदेशी व्यवसायीहरू “सुन खन्न” तिब्बत प्रवेश गरेका थिए।

“सुन्नुमात्र झूटो र देख्नु भनेको विश्वासिलो।” झन् झन् बढी विदेशी मित्रहरूले तिब्बतको भ्रमण गर्नुका साथै उनीहरूले आफ्नो व्यक्तिगत अनुभवमार्फत् ती झूटो सूचना भएको बुझिरहेका छन्।

Facebook Comments