Thu. Oct 31st, 2024

अधिकांश अफ्रिकी नेताहरु चीनमा

- चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलन, २०२४

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर ३, २०२४ मा चीनको राजधानी बेइजिङको ग्रेट हल अफ द पिपुलमा चीन-अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलनमा भाग लिन बेइजिङमा रहेका मलावियाका राष्ट्रपति लाजरस चकवेरासँग भेट गर्नुभयो। (सिन्ह्वा/ह्वांग जिंगवेन)

काठमाण्डू,२०८१ भदौ १८ गते मंगलबार । चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलन, २०२४ मा भाग लिन अधिकांश अफ्रिकी देशहरुका सरकार तथा राष्ट्र प्रमुखहरु चीनको राजधानी पैचिङ पुग्नु भएको छ ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीनको राजधानी बेइजिङमा रहेको जन ग्रेट हल अफ द पिपुलमा चीन-अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलन र राजकीय भ्रमणका लागि बेइजिङमा रहेका जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनाङ्ग्वासँग वार्ता गर्नुभयो। सेप्टेम्बर 3, 2024। (सिन्हुआ/ह्वांग जिंगवेन)

यहि सेप्टेम्वर ४ देखि ६ तारिखसम्म सञ्चालन हुने सो शिखर सम्मेलनमा भाग लिन सोमबारदेखिनै अफ्रिकी नेताहरु पैचिङ पुग्नेक्रम जारी रहेको छ । चाईना मिडिया ग्रुपका अनुसार हिजो सोमबार र आज दिनभरी नै अफ्रिकाका विभिन्न देशका नेताहरु शिखर सम्मेलनमा सहभागी हुन उत्सुकतापूर्वक पैचिङ पुग्नु भएको हो ।

सेप्टेम्बर १, २०२४ मा लिइएको यो तस्बिरले चीनको राजधानी बेइजिङमा रहेको चाइना नेशनल कन्भेन्सन सेन्टर नजिकै चीन-अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलनको लोगो देखाउँछ। (सिन्ह्वा/रेन चाओ)

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शिखर सम्मेलनमा सहभागी हुन पैचिङ पुग्नु भएका अफ्रिकी नेताहरुलाई भव्य स्वागत गर्दै छुट्टछुट्टै रुपमा बैठकहरु पनि गरिरहनु भएको छ । प्राप्त पछिल्लो समाचार अनुसार चाडका राष्ट्रपति मोहम्मद बिन सलमान,  केन्याका राष्ट्रपति रुटो, गिनीका राष्ट्रपति मामादी डुम्बुया,  मलावीका राष्ट्रपति चकवेरा, कोमोरोसका राष्ट्रपति अजाली, दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसा, सेशेल्सका राष्ट्रपति राम कारवान, इरिट्रियाका राष्ट्रपति इसाईस लगायतसँग चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको राजधानी पैचिङस्थित जनबृहत सभा भवनमा भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा सहभागी अधिकांश अफ्रिकी नेताहरुले चीन-अफ्रिका सहयोग मञ्चको शिखर सम्मेलनमा सहभागी हुन पाउँदा अत्यन्त खुशी भएको प्रतिक्रिया दिनुभएको छ ।

चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा भाग लिन अधिकांश अफ्रिकी देशहरुका सरकार प्रमुख चीनमा, अफ्रिका र चीनबीच कायम रहँदै आएको घनिष्ट सम्बन्ध र साझेदारीलाई अझ प्रगाढ बनाउने योजना ।।

चीन र अफ्रिकी नेताहरुले यस शिखर सम्मेलनका अवसरमा आर्थिक तथा व्यापारिक लगानी, पूर्वाधार प्रबन्ध,जलवायु परिवर्तन आदि क्षेत्रको प्रभावकारी सहयोगलाई विस्तार गर्दै आपसी सम्बन्धको विकासमा नयाँ प्रवर्द्धन शक्ति पुर्याउने आशा व्यक्त गरेका छन् । त्यसैगरी बेल्ट एण्ड रोड अवधारणामार्फत् क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ गर्न विभिन्न रणनीतिहरु बनाउने विषयमा पनि छलफल हुने बताईएको छ ।

अगस्ट २९, २०२४ मा खिचिएको यो तस्बिरले चीनको राजधानी बेइजिङमा रहेको चाइना नेशनल कन्भेन्सन सेन्टर नजिकै चीन-अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलनको लोगो देखाउँछ। FOCAC शिखर सम्मेलन सेप्टेम्बर ४ देखि ६ सम्म बेइजिङमा हुने तय भएको छ। फोटो: सिन्ह्वा

चीन र अफ्रिकाबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म विकसित गर्ने र आपसी साझेदारीलाई अझ वलियो बनाउन चीन–अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलन महत्वपूर्ण उपलब्धि हुने विज्ञहरुको धारणा रहेको छ ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर ३ तारिख चीनको राजधानी बेइजिङको ग्रेट हल अफ पिपुलमा चीन–अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलनमा भाग लिन बेइजिङमा रहेका मौरिटानियाका राष्ट्रपति मोहम्मद ओल्ड चेख गजौआनीसँग भेट गर्नुभयो। ,२०२४। (सिन्हुआ/यिन बोगु)
Facebook Comments