Sat. Oct 26th, 2024

मिडिया अलाइन्स नेपालद्वारा सञ्चारमन्त्री गुरुङलाई ज्ञापन-पत्र

काठमाण्डू, २०८१ भदौ १७ गते सोमबार । मिडिया अलाइन्स नेपालले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेट गरेर आफुहरुले भोग्नु परेका समस्याबारे जानकारी गराएको छ ।

457742858_1025118762629487_413038107049351765_n-1725265122.jpg

अलाइन्सको प्रतिनिधिमण्डलले आज दिउसो मन्त्री गुरुङलाई मन्त्रालयमै भेटेर आम सञ्चारमाध्यमहरुले भोग्नु परेका समस्या र तिनको निराकरणका लागि ज्ञापन पत्र बुझाएको हो । मिडिया अलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री गुरुङलाई सरकारले आम सञ्चार माध्यमहरुलाई हेर्ने दृष्टिकोण के हो भन्ने कुरा पहिल्याउन नै गारो परेको बताउनु भयो । अध्यक्ष राजकर्णिकारले लामो समयदेखि निजी क्षेत्रका मिडियाहरु भूकम्प, कोभिड, आर्थिक मन्दी लगायतका समस्याबाट थला परे पनि सरकारका सबै नियम पालना गरेर सूचना प्रवाह गरिरहेको र मिडिया सञ्चालनमा नै समस्या भएकाले सरकारले पनि यसप्रति चासो दिनुपर्ने बताउनुभयो । अध्यक्ष राजकर्णिकारले व्यक्तिगत सञ्चारको माध्यम सामाजिक सञ्जाललाई नै आम सञ्चार होकी जस्तो गरि नीति निर्धारण भएको भन्दै यस्ता नीतिहरुका कारण सञ्चार उद्योग अप्ठेरोमा परेको जानकारी गराउनु भयो ।

सो अवसरमा ज्ञापन पत्र बुझ्नुहुँदै सञ्चार मन्त्री गुरुङले निजि सञ्चार माध्यमहरुले भोग्नु परिरहेका समस्याहरुका बारेमा मन्त्रालयबाट नियमन र व्यवस्थापन गर्ने कुरामा आफु प्रतिवद्ध भएर लाग्ने जानकारी दिनुभयो । साथै उहाँले निजि सञ्चार माध्यमहरुले भोग्नु परेका विज्ञापन, रोयल्टी शुल्कलगायतका विषयसँग सम्बन्धित कुराहरुमा तत् तत् मन्त्रालायहरुसँग समन्वय गरेर समस्या सम्बोधन गर्ने प्रयास आफुबाट हुने पनि बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङलाई भेट्न गएको मिडिया अलाइन्सको प्रतिनिधिमण्डलमा अध्यक्ष भाष्करराज राजकर्णिकारसहित महासचिव दिरेकलाल श्रेष्ठ, कोषाध्यक्ष उज्ज्वल शर्मा, रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेल, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments