Fri. Oct 18th, 2024

साफ च्याम्पियनसिपमा भारत विजयी   

काठमाण्डू, २०८१ भदौ ३ गते सोमबार । साबिक विजेता भारतले साफ यु-२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारतले भुटानमाथि १-० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो ।

उक्त प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ । रासस

Facebook Comments