Fri. Oct 25th, 2024

उच्च अदालत बार एशोसिएसन पाटनको कार्यसमिति निर्वाचन आज

महेश भट्टराई/काठमाण्डू, २०८१ भदौ १ गते शनिबार । उच्च अदालत बार एशोसिएशन पाटनको कार्यसमितिको निर्वाचन आज भैरहेको छ ।

बिहान ९ बजेदेखि सुरु भएको यस निर्वाचनमा प्रगतिशिल, पेशागत, गणतान्त्रिक तथा समावेशी समूह (पी.पी.एल.ए तथा आर.पी.एल.ए) को संयुक्त समूह र समाजवादी तथा लोकतान्त्रिक पेशागत कानून व्यवसायी समूहका उम्मेदवारहरुले कार्यसमितिका १९ वटा पदहरुमा प्रतिस्पर्धा गरेका छन् ।

पी.पी.एल.ए तथा आर.पी.एल.ए समूहका तर्फबाट विदूर प्रसाद ढुंगाना, विष्णुक्रषि कोइराला, प्रबल शर्मा, सुशिला चौधरी र भुपाल बस्नेतले क्रमश अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ । त्यसैगरी समाजवादी तथा लोकतान्त्रिक पेशागत कानून व्यवसायी समूहका तर्फबाट गोपाल श्रेष्ठ, दुर्गा प्रसाद चिमरिया, देवी प्रसाद रिजाल, एशोदा कुमारी पाण्डे, लक्ष्मी रेग्मीले क्रमश अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ ।

 

दुई वर्षे कार्यकालका लागि सम्पन्न हुन लागेको यस निर्वाचनमा ३० जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । यस निर्वाचनमा उच्च अदालत बार एशोसिएशन पाटनका २ हजार ६ सय ५१ जनाले मतदान गर्ने भएका छन् ।

उच्च अदालत बार एशोसिएशन पाटन नेपालमै सबै भन्दा धेरै कानून व्यवसायीहरु आवद्ध रहेको बार एशोसिएशन हो । नेपाल बार एशोसिएशनको केन्द्रिय निर्वाचनमा समेत निर्णायक भूमिका निर्वाह गर्ने उच्च अदालत बार एशोसिएशन पाटनको निर्वाचनलाई देशभरका कानून व्यवसायीहरुले महत्वका साथ हेर्ने अधिवक्ता चिरन्जीवि खतिवडाले रे टेलिभिजनलाई जानकारी दिनुभयो ।

 

Facebook Comments