थप १८९ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १४०१ पुग्यो, कपिलवस्तुमा मात्रै ११४
काठमाडौं, २०७७ जेठ १७ गते शनिबार
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ४०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् ।
गोरखापत्र अनलाईनका अनुसारआज थप हुनेमा कपिलबस्तु ११४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जनालाई सङ्क्रमित पुगेको छ । सङ्क्रमित जिल्ला ५३ पुगेको छ ।
त्यसैगरी, थप १३ जना डिस्चार्ज हुनुभएको हो । योसँगै निको भएर डिस्चार्ज हुने २१९ पुगेको छ । प्रादेशिक विवरण अनुसार प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना सङ्क्रमित भएका छन् ।