Tue. Jul 28th, 2026

गाजा सङ्कटको राजनीतिक समाधानमा ध्यान केन्द्रित गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह   

       

संयुक्त राष्ट्रसङ्घ, २०८१ साउन ३ गते बिहीबार । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा जारी सङ्कटको राजनीतिक समाधानमा जोड दिन आग्रह गर्नु भएको छ ।

कब्जाको अन्त्य गरी अन्तर्राष्ट्रिय कानून तथा राष्ट्रसङ्का प्रस्ताव अनुरूप द्वन्द्व समाधान गर्ने राजनीतिक समाधान खोज्नमा पुनः ध्यान केन्द्रित गर्नुपर्ने राष्ट्रसङ्घका महासचिवका चिफ डे क्याबिनेट, कर्टेने रट्रेले सुरक्षा परिषद्मा गाजामथि भएको बहसमा संयुक्त राष्ट्रसङ्का प्रमुखको तर्फबाट उल्लेख गर्नु भएको छ ।

रट्रेले गाजाको गम्भीर परिस्थितिमना ध्यानाकार्षण गदै चलिरहेको द्वन्द्व अराजकताको विशेषता भन्दै बढ्दो क्षेत्रीय अस्थिरता र गाजामा संकटको बारेमा चिन्ता व्यक्त गर्नु भयो ।

पछिल्लो समयमा गाजामा इजरायली सैन्य कारबाही र लडाइँ तीव्र भएको भन्दै रट्रेले स्थितिबारे गम्भीर जनाकारी प्रदान गर्नु भयो ।

उहाँका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले गाजाबाट इजरायली जनसङ्ख्या केन्द्रतर्फ रकेट प्रहार जारी राखेका छन् , राफाह भग्नावशेषमा परिणत छ भने राफाह क्रसिङ बन्द भएकाले मानवीय कार्यमा थप बाधा पुगी रहेको छ ।

गाजामा बीस लाख मानिसहरु विस्थापन भएको उल्लेख गर्दै उहाँले गाजाको लगभग सम्पूर्ण जनसङ्ख्या त्रासदीको सिकार भएको उल्लेख गर्नु भएको छ ।

सार्वजनिक व्यवस्थाको विच्छेद र क्षेत्रीय फैलावटको बढ्दो खतरालाई प्रकाश पार्दै, रट्रेले तत्काल मानवीय युद्धविराम ,सबै बन्धकको तत्काल बिना शर्त रिहाईको लागि राष्ट्रसङ्घको आह्वानलाई दोहोर्याउनु भयो ।

उहाँले नागरिकको अस्तित्व र कल्याण सुनिश्चित गर्न सबै क्रसिङबाट मानवीय सहायताको निरन्तर पहुँचको आवश्यकतामा जोड दिनु भयो ।

रट्रेले सङ्कटलाई सम्बोधन गर्न तत्काल कारबाहीलाई जोड दिँदै मार्ग परिवर्तन गरी मानवता विरोधि गतिविधि तुरुन्तै बन्द हुनुपर्ने उल्लेख गर्नु भयो ।

इजरायली बस्तीमा अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन र शान्तिका बाधाक जन्य कार्य भएको उल्लेख गर्दै उहाँले वैध प्यालेस्टिनी सरकार अन्तर्गत गाजामा शासन पुनःस्थापना गरी नेतृत्व गर्न प्यालेस्टिनी प्राधिकरणलाई बलियो बनाउन आह्वान गर्नु भयो ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घका प्रस्तावको पालना गरी दिगो शान्ति सम्झौतामाका लागि सबै प्रयास र समर्थन गर्न प्रतिबद्ध रहेको उहाँले प्रष्ट पार्नु भयो ।

हिंसा अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउन र संलग्न सबै व्यक्तिको अधिकार र मर्यादालाई सम्मान गर्ने स्थायी समाधानका लागि काम गर्न संलग्न सबै पक्षलाई रट्रेले आह्वान गर्नु भयो ।  सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read