Fri. Sep 20th, 2024

बलान नदीमा फसेका ६ जना किसानको उद्धार   

राजविराज (सप्तरी), २०८१ असार २३ गते आईतबार । सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ जना किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो ।

सप्तरीको बलानबिहुल गाउँपालिका-४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए । दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको छ । सो क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।रासस

Facebook Comments