Sat. Sep 21st, 2024

ठूलाबेँसी-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो  

म्याग्दी, २०८१ जेठ २६ गते शनिबार । म्याग्दीको मालिका गाउँपालिका-४ च्युुरीबोटमा रहेको ठूलाबेँसी-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समितिमार्फत सिँचाइ आयोजनाको कच्ची कुलोलाई ढलान गरेर पक्कीमा परिणत गर्न थालिएको सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फनबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार चालुु आर्थिक वर्षमा विनियोजन भएको रु ३० लाख बजेटबाट छ सय ६० मिटरको पक्की कुलो निर्माण गरिएको हो ।

“दाजुङखोला लघुजल विद्युत् आयोजनाको विद्युुत् गृहबाट मुहानसम्म एक हजार छ सय ८० मिटर पक्की बनाउने योजनाअनुुसार हालसम्म आठ सय ८५ मिटर कुलो निर्माण सकिएको छ”, अध्यक्ष घर्तीले भन्नुभयो, “गत वर्ष रु १० लाख बजेटबाट दुई सय २५ मिटर कुलो निर्माण गरेका थियौँ ।” उहाँका अनुसार गत चैतदेखि निर्माण सुरु गरिएको कुलो सम्पन्न भइसकेको छ ।

कूल लागतको १० प्रतिशत उपभोक्ताले श्रमदान गरेका छन् । थप सात सय ९५ मिटर कुलो निर्माण गरेर योजनालाई पूूर्णता दिन आगामी वर्षको योजना तथा कार्यक्रममा प्रस्ताव गरिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

सो योजनाबाट ५८ घरका कृषकको तीन सय रोपनी जमिनमा सिँचाइ सुुविधा पुुग्ने कार्यालयका प्रमुख झलकमोहन ओझाले जानकारी दिनुभयो । “कच्ची कुलोबाट पानी ल्याउँदा सोसिएर खेतबारीसम्म नपुुग्ने समस्या थियो”, उहाँले भन्नुभयो, “पक्की कुलो बनेपछि मुहानबाट पठाएको पानी सबै खेतबारीसम्म पुग्न थालेको छ ।”

सिँचाइ सुविधा पुगेसँगै बाहै महिना खेतीबाली लगाउन सकिने भएको स्थानीय कृषक रेशम पुनले बताउनुभयो । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आवमा म्याग्दीमा ६० वटा सिँचाइ आयोजना कार्यान्वयन गरेको छ ।

दुई वटा योजनाको बहुुवर्षीय ठेक्का आह्वान भएको कार्यालयका सबइञ्जिनियर अञ्जन खत्रीले बताउनुभयो । उहाँका अनुसार उपभोक्ता समितिसँग सम्झौता भएका अधिकांश आयोजना सम्पन्न हुुने चरणमा छन् ।रासस

Facebook Comments