Thu. Sep 19th, 2024

संस्कृतिविद् जोशी १०१ वर्षमा

काठमाडौं, २०७७ बैशाक ३१ गते बुधबार

संस्कृतिविद् सत्यमोहन जोशी मङ्गलबारदेखि १०१ वर्षमा प्रवेश गर्नुभएको छ । बन्दाबन्दीका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना नभए पनि परिवारबीच नै अण्डा, माछा लगायत सगुन खुवाएर संस्कृतिविद् जोशीको जन्मोत्सव मनाइएको छ  ।

गोरखापत्र अनलाईनका अनुसार वि. सं. १९७७ वैशाख ३० गते पाटनको बखुम्बहालमा माता राजकुमारी र पिता शङ्करराज जोशीका सुपुत्रका रूपमा उहाँको जन्म भएको थियो ।
गत वर्ष ललितपुर महानगरपालिकाले एक सयौँ जन्मोत्सवका अवसरमा सार्वजनिक बिदाको घोषणासँगै नगर परिक्रमा गराई उहाँप्रति सम्मान जनाएको थियो ।

साथै नेपाल राष्ट्र बैङ्कले उहाँको तस्बिर अङ्कित सिक्का सार्वजनिक गरेको थियो ।

Facebook Comments