Sat. Oct 19th, 2024

अन्तर्रांष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्राले स्वर्णपदक जिते   

काठमाण्डू,२०८१ जेठ ६ गते आईतबार । अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले जितेका छन् । दुवै विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे ।

राजनले २१ दशमलव एक किलोमिटर दौड एक घण्टा १६ मिनेट सात सेकेन्डमा पूरा गरे भने खिमबहादुर खत्रीले एक घण्टा १७ मिनेट २४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थानमा रहे । साथै धर्म महर्जनले एक घण्टा १९ मिनेट ५८ सेकेन्ड खर्चदै तेस्रो भए ।

महिलातर्फ सुमित्राले एक घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । उनी पछि पुष्पा भण्डारीले एक घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन् । मञ्जु सुनार दुई घण्टा ३ मिनेट ८ सेकेन्डको समयमा तेस्रो भइन् ।

त्यसैगरी पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए । यस्तै सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डमा दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्डमा तेस्रो भए ।

महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डमा पहिलो, आशा रावत ३९ मिनेट ४.४० सेकेन्डमा दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा तेस्रो भए ।

यस्तै पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डमा पहिलो, मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डमा दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा तेस्रो स्थानमा रहे । महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा पहिलो भइन् । उनीपछि २३ मिनेट ५०.९ सेकेन्डमा श्रेबी मजर्हन दोस्रो तथा २६ मिनेट ३९.८७ सेकेन्डमा पूर्णिमा श्रेष्ठ तेस्रो भए ।

छात्रतर्फ एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा त्रमशः शीर्ष तीन स्थानमा रहे । छात्रातर्फ रजिना दुलाल, मनु खड्गी र कृटिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहे ।

दौड हिरो लिगको आयोजनामा भएको हो र यसलाई एनआरएस स्पोर्टस पाउन्डेसनले प्राविधिक सहयोग गरेको थियो । पाटन दरवार स्क्वारमा आयोजित उक्त दौड प्रतियोगितामा एक हजारभन्दा बढी धावक धाविकाको सहभागिता रहेको थियो ।

त्यसमा विभिन्न १५ देशका धावक धाविक सहभागी थिए । कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनका विभिन्न स्थान भएर त्यहीं आएर टुंगेको थियो । ललितपुर उप-महानगरपालिकाका प्रुख चिरीबाबु महर्जनले दौडका शुभारम्भ गर्नुभएको थियो ।

उक्त प्रतियोगिताको विजेता खेलाडीलाई मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र पदक तथा पुरस्कार वितरण गर्नुभएको थियो । रासस

Facebook Comments