नासाको ‘सुपरसोनिक एक्स-५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
लस एन्जलस, २०८१ जेठ ५ गते शनिबार । अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स-५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ ।
नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेको उडान तयारी समीक्षा बोर्डले एक्स-५९ परियोजना टोलीले उडानस्थल र परीक्षणको क्रममा मानवीय सुरक्षाको दृष्टिकोणबाट आवश्यक सम्पूर्ण अध्ययन पूरा गरेको छ ।
समीक्षा बोर्डले सुरक्षा र जोखिम पहिचानमा ध्यान केन्द्रित गर्दै सम्भावित खतराहरूको परियोजना टोलीको विश्लेषणलाई विस्तृत रूपमा हेरेको नासाले जनाएको छ ।
यो विमान नासाको ‘क्वेस्ट मिशन’को केन्द्रमा रहेको छ र यसलाई हवाई यात्रामा व्यापक सुधारसहित तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्नेछ । यसले आवाजको गतिभन्दा छिटो यात्रा गर्न सक्ने व्यावसायिक विमानको नयाँ पुस्ताको लागि मार्ग प्रशस्त गर्नेछ । सिन्ह्वा