प्रि ओपन सेसन नेप्से सूचक ३.३५ विन्दुले बढ्यो
काठमाण्डू,२०८१ जेठ २ गते बुधबार । प्रि ओपन सेसनमा नेप्से सूचक ३.३५ विन्दुले बढेको छ । यससँगै सूचक २०३०.८७ अंकमा पुगेको छ । १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको २ हजार ७ सय ४८ कित्ता सेयर कारोबार भएको छ ।
आज २९ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६५ वटा कारोबार भएको हो ।
Facebook Comments