दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते
पैचिङ,२०८१ वैशाख १९ गते बुधबार । दक्षिणी चीनको क्वाङतोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदा/भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।
मच्यू शहर र तापु काउन्टीबीचको एस-१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए ।
उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् । अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार रअनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ ।
अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् । एएनआई