Fri. Sep 20th, 2024

पूर्वराजा ज्ञानेन्द्र भन्नुहुन्छ: “निषेध गरेर जाने सोचको आयु समाप्त भइसक्यो”

काठमाडौं, २०७७ बैशाक १ गते सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध गरेर जाने सोचको आयु समाप्त भएको दाबी गर्नुभएको छ ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले कोराना भाइरस (कोभिड-१९) को महामारीबाट बच्न सबैले सजगतासँगै एकता आवश्यक भएको बताउनु भएको छ । उहाँले भन्नुभएको छ, “कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं ।”

पुर्खाले अनादीकालदेखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस विश्व जगतले गरेको समेत उहाँको शुभकामना सन्देशमा उल्लेख छ । पूर्व राजा शाहले आफ्नो सन्देशमा भन्नुभएको छ, “हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ ।”

यही जगमा उभिएर समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । अनलाईन खवरबाट

Facebook Comments