Fri. Sep 20th, 2024

कोरोना रोकथाममा संलग्नको मृत्यु भए परिवारलाई ५० लाख दिईने मुख्यमन्त्री राईको घोषणा

विराटनगर, २०७७ बैशाक १ गते सोमबार

प्रदेश १ मा कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा सरकारले परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले नयाँ बर्षको अवसरमा आर्इतबार प्रदेशबासीको नाममा भिडियो सम्बोधन गर्दै कोरोनाको उपचारमा सम्लग्न चिकित्सक, सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमणबाट मृत्यु भए ५० लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

सरकारले राहत वितरणका लागि प्रदेशका १ सय ३७ स्थानीय तहलाई साढे ९ करोड रुपैयाँ निकासा गरेको पनि उहाँले जानकारी दिुुनुभयो । महानगरपालिकाले २० लाख रुपैयाँ, उपमहानगरपालिकाले १५ लाख रुपैयाँ, नगरपालिकाले १० लाख र गाउँपालिकाले ५ लाख रुपैयाँ पाउने गरी एकमुस्ट ९ करोड ५० लाख रुपैयाँ बजेट निकासा गरेको मुख्यमन्त्री राईले बताउनु भयो ।

त्यसै गरी जिल्लामा कोरोना भाइरस रोकथामको अनुगमन र समन्वयका लागि प्रदेशका १४ जिल्ला समिन्वय समितिलाई ५/५ लाख रुपैयाँ दिने मुख्यमन्त्री राईले बताउनु भयो ।

कोरोना रोकथामका लागि प्रदेश १ सरकारले यसअघि नै ३ करोड रुपैयाा विनियोजन गरेको थियो ।

प्रदेश सरकारले सुरक्षा निकायका लागि १ करोड ६८ लाख रुपैयाँ निकासा गरेको छ ।

मुख्यमन्त्री राईले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण, रोकथाम तथा उपचारमा प्रदेश सरकारमार्फत खटिने स्वास्थ्य क्षेत्रका जनशक्तिलाई दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता पनि दिने निर्णय गरेको छ ।

उहाँले कोरोना उपचारका लागि ७० शय्याको अस्पतालसमेत तयारी अवस्थामा राखेको बताउनु भयो । उहाँले प्रदेशका दुई सय ६१ ठाउँमा चार हजार चार सय ११ जनालाई राख्न सकिने गरी क्वारेन्टाइन स्थल बनेको र हाल पाँच सय ९० जना क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो ।

त्यस्तै ४८ ठाउँमा ४ सय ४६ वटा आइसोलेसन शय्या रहेको र ७ जना उपचारमा रहेको जानकारी पनि मुख्यमन्त्री राईले बताउनु भयो । मुख्यमन्त्री राईले लकडाउनको पूर्ण रुपले पालना गर्नु आग्रह गर्नुभयो ।

उनले कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियन्‍त्रण र उपचारका लागि प्रदेश सरकारले कोरोना जनसुरक्षा कोष स्थापना गरेकोमा अहिलेसम्म १३ करोड ५ लाख जम्मा भएको जनाकारी दिएका छन् । अनलाईन खवरबाट

Facebook Comments