६ वटा देशका विज्ञसमूहको काठमाण्डू सम्मेलन सम्पन्न
रमेश हतुवाली/काठमाण्डू, २०८० माघ १४ गते आईतबार । काठमाण्डूमा नेपाल, चीन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान लगायतका देशहरुका विज्ञहरुको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।
अरनिको समाज नेपाल, चीनको पैचिङ भाषा तथा संस्कृति विश्व विद्यालय अन्तरगर्तको वल्र्ड साईनोलोजी सेन्टर र सिल्क रोड युथ फोरमको संयुक्त आयोजनामा सो सम्मेलन गरिएको हो ।
सम्मेलनमा बोल्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, अरनिको समाजका अध्यक्ष इन्जिनियर बालकृष्ण श्रेष्ठ, अरनिको समाजका प्रथम उपाध्यक्ष डाक्टर सर्वोत्तम श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, चीनको पैचिङ भाषा तथा संस्कृति विश्व विद्यालयका डिन सु पाओफङ, पाकिस्तानका प्रोफेसर मुनिब अहमद, चिनियाँ विद्वान खन्पो पोचिछाङ, बंगलादेशका प्रोफेसर मोहम्मद मैनुल स्लाम, भारतका प्रोफेसर बिआर दीपक र श्रीलंका का प्रोफेसर जाकप जयसोरियाले दक्षिण एशियाली देशहरुको समृद्ध भाषा र संस्कृतिको व्यापक प्रचार प्रसार मार्फत जनस्तरको सम्बन्ध विकासमा जोड दिनुभएको छ ।
सम्मेलनमा बौद्ध धर्म र संस्कृति, चीनको बीआरआई परियोजनाका अवसर र चुनौती, चीन तथा दक्षिण एशियाली देशहरुका साहित्यकार तथा लेखहरुबीचको आपसी सम्बन्ध र सहयोगका सम्भावना लगायतका विभिन्न विषयमा व्यापक छलफल भएको थियो ।
फोटो सर्वाधिकार: रमेश हतुवाली ।
Facebook Comments