Thu. Sep 19th, 2024

ओम्नी समूहसँग गरिएको स्वास्थ्य उपकरण खरिद सम्झौता खारेज

काठमाडौं, २०७६ चैत १९ गते बुधबार

सरकारले ओम्नी समूहसँग यस अघि गरेको चिकित्सा उपकरण खरिद सम्झौता रद्द गरेको छ ।

नेपालमा कोभिड १९ को संक्रमण देखिन शुरु भए पछि सरकारले शुरु गरेका लकडाउनसँगै सो समुहसँग ती उपकरण ल्याउन सम्झौता गरेको थियो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराउनु भएको हो ।
सो समूहले कबुल गरे अनुसारको परिमाणमा समान उपलब्ध गराउन नसकेकाले सम्झौता रद्द गरी भोलिबाट अर्को प्रक्रिया शुरु गरिने र सो समूहको धरौटी जफत गरी कालो सूचीमा राख्ने प्रक्रिया थालनी गरिने बताउनुभयो ।

उहाँले सो समूहले कबुल गरे अनुसारको दश प्रतिशत सामान पनि उपलब्ध गराउन नसकेको र उपलब्ध गराउन सक्ने अबस्था पनि नरहेकाले सम्झौता रद्द गर्नु परेको पत्रकार सम्मेलनमा स्पस्ट गर्नुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments