Tue. Apr 1st, 2025 03:53:07

चीनका राष्ट्राध्यक्ष सी र पाकिस्तानका राष्ट्रपतिबीच पैचिङमा भेटवार्ता

पाकिस्तानका राष्ट्रपति अरिफ रहमान अल्भि र चीनका राष्ट्राध्यक्ष सी चिनफिङ

काठमाडौं, २०७६ चैत ४ गते मंगलबार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १७ तारिख जन बृहत् सभा भवनमा पाकिस्तानका राष्ट्रपति अरिफ रहमान अल्भिसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, हाल चीन सरकार र जनताले महामारी विरूद्धको संघर्षमा अन्तिम तथा चौतर्फी विजय हासिल गर्न प्रयास गरिरहेका छन्। महामारीको प्रारम्भमा पाकिस्तानी राष्ट्रपतिले चीनप्रति सान्त्वना प्रकट गर्नुभयो। उहाँले दृढताका साथ समर्थन गर्नका लागि चीनको विशेष भ्रमण गर्नुभएको हो।

पाकिस्तान सरकार र समाजले सक्दो प्रयासमा चीनलाई महामारीको रोकथामका लागि आपूर्ति सामग्री चन्दा स्वरूप प्रदान गरेको छ। चीनले धन्यवाद ज्ञापन गरेको छ। जसले चीन र पाकिस्तान सच्चा मित्र भएको कुरा फेरि पनि पुष्टि भएको छ।

हाल विश्वका विभिन्न क्षेत्रमा महामारी फैलिएको छ। चीनले मानव भाग्य समुदायको अवधारणा लिएर समयमै तथा स्पष्ट रूपमा महामारीको सूचना सार्वजनिक गर्नुका साथै अनुभव बाँडेको छ। चीनले विश्वमा महामारीको रोकथाम तथा नियन्त्रण गर्न अझ बढी योगदान गर्ने इच्छा राखेको छ।

चीनले महामारीको विरूद्धमा ठूलो प्रगति हासिल गरेको राष्ट्रपति अल्भिले बताउनुभयो। उहाँले पाकिस्तान सरकार तथा जनताको प्रतिनिधित्वमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। महामारीपछि चीन अझ बलियो हुने विश्वास उहाँले गर्नुभयो भनि समाचार सीआरआई नेपाली सेवाले प्रकाशित गरेको छ ।

Facebook Comments