Fri. Sep 20th, 2024

प्रदेश २ को नामाकरणका लागि मतदान शुरू

जनकपुरधाम, २०७६ चैत ४ गते मंगलबार

प्रदेश नम्बर २ को नामाकरणको लागि प्रदेशसभामा मतदान शुरु भएको छ ।

पाँचवटा दलको प्रतिनिधित्व रहेको प्रदेश नम्बर २ को प्रदेशसभामा नामाकरणका लागि चारवटा प्रस्ताव दर्ता गराइएको छ ।

अहिले नेकपाले राखेको जानकी प्रदेशका लागि मतदान शुरू भएको र यो प्रस्तावमा दुई तिहाई मत प्राप्त नभए दोस्रो प्रस्तावका लागि पुनः मतदान हुनेछ ।

सत्तापक्षीय समाजवादी पार्टी, नेपाल र राजपा नेपालले प्रदेशको नाम ‘मधेश’ हुनुपर्ने प्रदेश सभामा प्रस्ताव दर्ता गराएको छ ।

प्रमुख प्रतिपक्षी नेकपाले प्रदेश २ को नाम ‘जानकी’ प्रदेश हुनुपर्ने प्रस्ताव गरेको छ ।

नेपाली काँग्रेसले ‘मिथिला भोजपुरा’ र सत्तापक्षकै केही प्रदेशसभा सदस्यले ‘मध्य मधेश’को प्रस्ताव दर्ता गराउनुभएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments