कथा अनि व्यथा !
- डिल्ली कोइराला
डिल्ली कोइराला काठमाण्डू, २०८० असार २९ गते शुक्रबार ।
आयो वाढी र पहिरोकाे कहर।
खायो ज्यान-धन,जीवन रहर।।
उठिबास,सर्वनाश सबै भयो सखाप।
गरीबकै थाप्लोमाथि प्रकृतिको प्रहार।।
ज्युन पनि अति गाह्राे,दु:खी जनलाई।
मर्न पनि नसकिने,साह्रो भयो हाम्लाई।।
कष्टकर अवस्थामा साथ दिने काे छ र साथी।
चुनाव भएको भए लाग्थ्यो लस्कर अनि ताँती।।
Facebook Comments