Mon. May 11th, 2026

नवनियुक्त पाकिस्तानका राजदूत हासमीद्वारा ओहोदाको प्रमाणपत्र पेश

       

काठमाण्डू, २०८० जेठ ३० गते मंगलबार । नेपालका लागि नवनियुक्त पाकिस्तानका राजदूत अबरर हुसेन हासमीले राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्‍ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा आज (सोमबार)ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

सो समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो।

नवनियुक्त राजदूतलाई काठमाण्डूस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

Facebook Comments